लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई

लोकपथ
2.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताएका छन् ।

बुधबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र उदार रहेको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गरे ।

उनले राजाको शासन भएको बेलामा आन्दोलन गर्नु र राजाको विरोध गर्नुलाई ठुलो अपराध मान्ने गरे पनि अहिले त्यस्तो नरहेको बताए । अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?