धर्मनिरपेक्षताको जननी माओवादी हो : प्रचण्ड

लोकपथ
420
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा धर्मनिरपेक्षताको जननी माओवादी भएको बताएका छन् । 

बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरूले वर्तमान गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाए ।

उनले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताए । अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?