जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ 

लोकपथ
175
Shares

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

काठमाडौं महानरपालिका–२६ मित्रनगरस्थित रुकुम पश्चिम मुसीकोट नगरपालिका–१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटेल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रुपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?