काठमाडौं । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताएका छन् ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताएका छन् ।
उनले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताए । उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरे ।
रक्षामन्त्री राईले जनताले बनाएको संविधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया