लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन : गोकर्ण विष्ट

लोकपथ
182
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताएका छन्  । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन् । लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उनको भनाइ छ ।

उनले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताए । उनले एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिए मात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताए ।

उनले योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताए । 

उनले वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरू देखा परेको उनको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?