ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी– ‘उदारतालाई कमजोरी ठान्दा इतिहास निर्मम होला’

लोकपथ
2.3k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनापछि राजपरिवारप्रति देखाइएको उदार व्यवहारमा कमाजोरी ठानिन खोजिएको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले गणतन्त्र स्थापनापछि पनि राजपरिवारप्रति आफूहरु उदार भएको बताए । तर केही समयदेखि त्यही उदारतालाई पूर्व राजा ज्ञानेन्द्र लगायत राजावादीहरुले कमजोरी ठानेको दाबी गरे ।

राजतन्त्र अन्त्य भएका अन्य देशहरुमा राजपरिवारहरुलाई देश निकाला गरिए पनि नेपालमा उदारता देखाइएको बताउँदै प्रचण्डले भने, ‘पूर्व शाही परिवारलाई हिंसाको कुरा त परैको कुरा हो, निर्वासन समेत नतोकि पूर्व राजालाई तत्कालका लागि बस्नका लागि सुरक्षित ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सिन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ त्यो निक्कै ठूलो भ्रम मात्र हुनेछ र उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निक्कै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हामी सबैले हेक्का राख्न जरुरी छ ।’
त्यस्तै उनले राजावादीहरुलाई लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?