माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

लोकपथ
56
Shares

अछाम । माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । 

मंगलसेन नगरपालिका–८ सुतडा बस्ने २८ वर्षीया देउरूपा बोहरा र २६ वर्षीया बिनिता बोहराको माटोको ढिस्कोले पुरिएर सोमबार दिउँसो मृत्यु भएको हो ।

सोही नगरपालिका–९ ओलीगाउँ रातामाटेस्थित माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई मानिस पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले खोजी तथा उद्धार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?