जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
896
Shares

बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० चट्टार बस्ने २९ वर्षीय राधे किसुन थारु रहेका छन् । 

थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?