जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौँ : सभापति सिंह 

लोकपथ
357
Shares

काठमाडौं। पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन् ।

उनले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताए ।

उनले ऊर्जा विधेयकलाई समेत शेयर धनी नेपालीको हक र हित हुने गरी ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेका शासकहरूले पानीको महत्त्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरु सुक्दै गएको बताए ।

मानव निर्मित तालहरूको पानी सुख्खायाममा जहाँपनि प्रयोग गर्दा सजिलो हुने भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ छ । 

सभापति सिंहले जंगल मासिँदै गए पनि पानीका स्रोतहरू समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?