काठमाडौं । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा स्याङ्जा प्रहरीले गिरीलाई घरबाटै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको हो ।
५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीका अनुसार, कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउ गर्ने अनुमति दिएको थियो । हाल कास्की जिल्ला अदालतबाट थप ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया