अर्घाखाँची । जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका-२ कुभिन्डेस्थित सडकमा बुटबलबाट अर्घाखाँचीतर्फ आउँदै गरेको लु.१ ज ४२२६ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया