काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरूले तीन वर्षदेखि ज्याला नपाएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगमा काम गर्ने श्रमिकहरूमध्ये तीन जनाको मृत्यु भइसकेको र एक जना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालावापत पाउनुपर्ने रकम नदिएको आरोप लगाए ।
उनले अवकासमा गएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति गर्दा श्रमिकहरूले ज्याला पाउन नसकेको उनको भनाइ छ ।
उनले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोपसमेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया