काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानमाथि सरकारले प्रतिसोध साँधेको भन्दै विरोध जनाएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको सुरुमै विरोध जनाएको माओवादी केन्द्रले सरकारले कार्यमूल्यांकनमा सरकारले शून्य अंक दिएको भन्दै आपत्ति जनाएको हो ।
विपक्षी दलबाट बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानमाथि किन प्रतिशोध साधिएको हो भन्दै प्रश्न गरे । त्यस्तै हालै सरकारले कुलमानलाई कार्यमूल्यांकनमा शून्य अंक दिएको भन्दै कटाक्ष गरे । साथै त्यस विषयमा सभामुखले रुलिङ नगरेमा आफूहरुले विरोध जारी राख्ने चेतावनी दिए ।
सरकारका विभिन्न संस्थानहरुमा रहेका कुलमान जस्ता कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले प्रतिशोध साँधेको भन्दै रुलिङको माग गरे ।
त्यस्तै बैठकको आकस्मिक समयमा बोल्दै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले कुलमानलाई हटाउन लागिएको भन्दै आपत्ति जनाए ।
उनले राम्रो काम गरिरहेको व्यक्तिलाई हटाउने सरकारले प्रपञ्च गरिरहेको भन्दै आफूहरु त्यसमा चुप लागेर नबस्ने समेत चेतावनी दिए ।
अर्को यता विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कुलमानलाई हटाउन खोजिएको भन्दै सरकारमाथि कटाक्ष गरे । उनले सरकारले कुलमानलाई हटाउन खोजेको आशंका गर्दै यदी त्यसो भएमा आफूहरु सडक र सदनबाट समेत आवाज उठाउने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया