जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

लोकपथ
959
Shares

दाङ ।  २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकाया रहेका छन् ।

नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?