‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’

लोकपथ
385
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन ‘कू’ हुने प्रक्रियामा रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उनले यस्तो बताएका हुन् । 

उनले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा परेको बताए । बैंक तथा वित्तीय क्षेत्रमा श्रमिकहरुले आफ्ना माग राखेर आन्दोलन गर्न नपाउने फैसला आएको भन्दै उनले श्रमिकहरु चनाखो हुनुपर्नेमा जोड दिए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले युनियनको आन्दोलनलाई नजरअन्दाज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए । सरकारले अत्यावश्यकको नाममा श्रमिक आन्दोलनमा रोक लगाउने कार्यले दक्ष जनशक्ति पाउन छोडेको बताए ।  देशमा अहिले २७ वटा पाँचतारे होटल थपिएर सञ्चालनमा आएको भए पनि दक्ष जनशक्तिको अभाव रहेको रोजगारदाताले गुनासो गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?