बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु

लोकपथ
2.2k
Shares

पाल्पा । पाल्पामा घरायसी विवादका क्रममा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेका छन् ।

फागुन १५ गते भएको विवादका क्रममा उनका ६३ वर्षीय बुवा शेरबहादुर कुमाल र ४५ वर्षीया दिदी देवी कुमालले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका यज्ञबहादुरलाई उनकी श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल  पुर्‍याएकी थिइन् । तर चिकित्सकले कुमाललाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले बुवा र दिदीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?