काठमाडौं । गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुटवल पुगेर प्रकृति लम्सालको परिवगारसँग भेटेका छन् ।
भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनका क्रममा रहेकी प्रकृतिको सोही विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी थिइन् ।
सोमबार बुटवस्थित प्रकृतिको मामाघरमा पुगेर गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणाले उनका बुबाआमासँग भेटघाट गरेका हुन् ।
सो क्रममा मन्त्रीद्वयले आफूहरुले प्रकृतिको न्यायका लागि लागि परेको बताएका थिए ।
‘भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी प्रकृति लम्सालको बुटवलस्थित मामा घर पुगेर म र गृह मन्त्री मा. रमेश लेखकजीले उनको बुबा(आमासँग भेट गरेका छौँ। प्रकृतिको न्यायका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका छौँ,’ सामाजिक सञ्जालमा लेख्दै परराष्ट्रमन्त्री राणाले भनेकी छन् ।
त्यसो त यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनको परिवारलाई फोन सम्पर्क गरी सान्त्वना दिएका थिए । साथै आफूहरुले प्रकृतिको न्यायका लागि कुटनीतिक पहल गरिरहेको बताएका थिए ।
लम्सालको गत फेब्रेअरी १६ तारिकामा मृत्यु भएको थियो । उनको मृत्यु प्रकरणमा एक जनालाई पक्राउ गरी भारतको उडिसा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया