यी हुन् मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रो दुर्घटनाका मृतक र घाइतेहरू

लोकपथ
14.8k
Shares

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा इभी माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।

दुर्घटनामा चितवनको खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यसैगरी दुर्घटनामा १३ वर्षीया सन्ध्या परियार, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, २६ वर्षीय अनिसा परियार, ३६ वर्षीय अर्जुन परियार, ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी र १० वर्षीय रितेश परियार, घाइते भएका छन् । घाइते सबै १४ जना नै खैरहनी गाउँपालिका–२ का वासिन्दा हुन् । 

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ ः २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?