काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरूमा महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी, र राजुकुमार रेग्मी छन् ।
जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) र रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।
सर्वोच्च अदालतले यसअघि पशुपतिको जग्गामा बालुवा खानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको थियो । सर्वोच्चले कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको छ ।
सर्वोच्च अदालतले कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहरसमेत गरेको छ । विशेष अदालतले उनलाई त्यति नै जरिवाना हुने फैसला गरेको थियो । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।
यस्तै, पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया