मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लोकपथ
231
Shares

सुनसरी । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ३२ वर्षीय पुरुषको मृत्यु भएको हो  । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?