सिप्रदी ट्रेडिङ्गले ‘टाटा मोटर्स वन वर्ल्ड-२०२४’ मा जित्यो सात प्रतिष्ठित अवार्ड

लोकपथ
98
Shares

काठमाडौं । ‘टाटा मोटर्स वन वर्ल्ड -२०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले सात उत्कृष्ट पुरस्कार जितेको छ ।  सिप्रदीले ‘पिओनीरिङ्ग ईभी एक्सपेन्शन’ (इलेक्ट्रिक वाहन विस्तार) को लागि विशेष मान्यता प्राप्त गरेको हो ।

सिप्रदी ट्रेडिङ्गले नेपालमा सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सेदारी कायम गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । यसले नेपाललाई कमर्सियल सवारी साधन क्षेत्रमा अग्रणी स्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । 

सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘हामी ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारी साधन प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ । यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ । यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित छ । जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनु भयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

सिप्रदीले इलेक्ट्रिक वाहन (ईभी) को क्षेत्रमा विस्तार गर्दै शून्य–उत्सर्जन सवारी साधनको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ । यसले गर्दा नेपालले हरित प्रविधि र स्थायित्वको दिशामा अझ बढी प्रगति गर्ने अपेक्षा छ । यसरी, सिप्रदी ट्रेडिङ्गले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थानमा पुर्‍याउँदै, ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नयाँ प्रविधिमा अग्रसर हुने आफ्नो प्रतिबद्धता कायम राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?