नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ बीवाईडी हाई-टेक विकको सुरु

लोकपथ
35
Shares

काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालीले बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । 

बुधबार नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर,बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालीका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालीकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरूको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो । 

इभेन्टको प्रमुख आकर्षणको रूपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8), एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेड९जीकी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । 

बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरू

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् । 

१. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ । 

२. ई–प्लेटफर्म ३.० को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३।० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ ।

३. डेन्जा जेड९जीकी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ । 

४. एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम (Intellegent Suspension System) यसले देखाएको छ । 

५. याङवाङ यु८ भद्ध प्लेटफर्म र डिसस–पी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न (Tank Turn) फिचर पाउन सकिन्छ, जुन  e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउँछ । 

त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी (stability) र एडेप्टिबिलिटी  (adaptability) उपलब्ध गराउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?