काठमाडौं । चर्चित मोबाइल प्रविधि ब्राण्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, भिभो एक्स२०० प्रो नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित मर्क्यूअर होटेलमा एक कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरेको हो ।
‘भिभो एक्स२०० प्रो’ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क कायम गर्दै जाइस् लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटीसँगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको कम्पनीको दाबी छ ।
लन्च कार्यक्रममा बोल्दै भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले ‘एक्स२०० प्रो’ प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागी ल्याइएको बताए । भिभो–जाइस् सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउने विश्वास गरिएको उनले बताए ।
२०० मेगापिक्सेलको ‘जाइस् एपिओ’ क्यामेराले अद्वितीय तस्बिर अनुभव प्रदान गर्दै, जाइस् टि स्टार कोटिंग मार्फत जुम गरिएका तस्बिरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउँछ । पोट्रेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोग्राफी प्रेमीहरूलाई उन्नत अनुभव प्रदान गर्नेछन् । यसमा १–१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोट्रेट भिडियो क्षमता, १२० एफपीएस ‘स्लो मोसन’ र ४ के ६० एफपीएस डल्बी भिजन डल्बी भिजन सपोर्ट जस्ता विशेषताहरूले भिडियो अनुभवलाई थप आकर्षक र प्रभावशाली बनाउँछ ।
भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ, जसले उच्च कार्यक्षमता प्रदान गर्छ । १२–कोर जीपीयूको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ । यसमा ६००० एमएएच ब्याट्रीसहित, ९० वाट फ्याल्स चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ, जसले द्रुत चार्जिङ अनुभव प्रदान गर्छ । थप रूपमा, तेस्रो–पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी–सोलिड ब्याट्री टेक्नोलोजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट ब्याट्री प्रदर्शन सुनिश्चित गर्छ।
भिभो एक्स २०० प्रोको प्री–बुकिङ मार्च ५ सम्म खुला रहनेछ, जसको मूल्य १,८४,९९९ रुपैयाँ निर्धारण गरिएको छ । प्री–बुकिङ गर्ने ग्राहकहरूलाई लागि १०,००० रुपैयाँ क्यासब्याकको सुविधा उपलब्ध हुनेछ । यो स्मार्टफोन मार्च ६ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइन मार्फत बिक्री सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया