सवारी दुर्घटनामा परी घाइते भएकाहरूकाे निःशुल्क स्वास्थ्य उपचार हुनुपर्छ : सांसद खतिवडा

लोकपथ
42
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै  उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलबार बिहान भएको बस दुर्घटनामा परि १७ जना घाइते भएको बताए । 

उनले  घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको बताए । उनले सडक दुर्घटनामा परी घाइते भएका सबै बरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेका छन् । 

उनले भने, ‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरू घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौँ बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु । सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरूलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु सभामुख महोदय ।’

उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?