परीक्षणपछि टाटाको कर्भ ईभी नेपाली बजारमा, यस्तो छ विशेषता र मूल्य

लोकपथ
196
Shares

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक भेइकल (ईभी) टाटा कर्भ ईभी सार्वजनिक भएको छ ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार एक कार्यक्रमका बिच टाटाको एसयुभी कर्भको बिक्री खुला गरेको जनाएको हो ।

सिप्रदी ट्रेडिङले दुई साता अघि टेस्ट ड्राइभका लागि सीमित संख्यामा कर्भ ईभी नेपालमा ल्याएको थियो ।

परीक्षणपछि बिक्रीका लागि खुला गरिएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बताए ।

आइतबारको उद्घाटन समारोहमा बोल्दै सीईओ श्रेष्ठले कर्भ ईभीको साउन्ड सिस्टम, आकर्षक डिजाइन, सेफ्टी फिचर, प्रिमियम इन्टेरियर, युजर फ्रेन्ड्ली लगायत फिचरका कारण बजारमा राम्रो छाप छाड्ने विश्वास व्यक्त गरे ।

‘टाटाले गाडी मात्रै ल्याएको छैन, इनोभेसनको प्याकेज पनि ग्राहकहरुका लागि पास अन गरेको छ । त्यस्तै ईभीको रेन्जमा पनि धेरै उत्पादन बजारमा ल्याएको छ । कर्भ ईभी धेरै हिसावले उत्कृष्ट रहेको छ,’ उनले भने ।

त्यसो त नेपालमा छोटो समयमा धेरै गाडी बिक्री गर्ने सूचीमा टाटा रहेको छ । जसले ४ वर्षको अवधिमा ६ हजार भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ भने ४५ जिल्लामा टाटाको चार्जिङ स्टेशन समेत निर्माण गरेको छ । बजारमा नयाँ आएको टाटाको कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जसमा ५५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री रहेको छ भने एकपटक फूल चार्ज गरेपछि ३८० देखि ४ सय किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ । ४३१० मिमी लम्बाई, १८१० मिमी चौडाइ, १६३० मिमी उचाइ तथा ह्विलबेस २५६० रहेको छ । ११९ ग्राउण्ड क्लियरेन्स रहेको उक्त ईभीमा १८ ईन्चका अयोल चक्का रहेका छन् । उत्कृष्ट फिचर रहेका कारण ग्राहकको मन जित्ने दाबी गरिएको कर्भ ईभी हाल सेतो र खरानी रङमा रहेको छ ।

यसले सेफ्टी रेटिङमा पाँच तारा पाएको छ। ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक सनरूफ, भेन्टिलेटेड सिट, जेबिएल साउन्ड सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ ड्राउजिनेस अलर्ट, ब्लाइन्ड स्पट मनिटर र लेभल २ एडासजस्ता फिचर यसमा छन् ।

त्यसो त सिप्रदी ट्रेडिङले यसअघि नै टाटाका नेक्सन के३, टियागो र पन्च ईभी बिक्रि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?