नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’ आयोजना हुँदै, आजदेखि बुकिङ खुल्ला

लोकपथ
77
Shares

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना गरिने भएको छ।

‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’ आगामी  चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुन् लागेको हो । यसका लागि वाडाले आजदेखि बुकिङ प्रक्रिया खुल्ला गरेको छ।

पोखरामा पहिलो पटक आयोजना हुन लागेको यस अटो शो को तयारीका लागि नाडाले काठमाडौंमा वाडा अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। 

प्रदर्शनीमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल, मेसिनरी इक्युप्मेन्ट्स, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणहरूको प्रदर्शनी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?