काभ्रेमा जन्ती पुर्‍याएर फर्केको बस दुर्घटना : एकको मृत्यु, एक घाइते

लोकपथ
2.3k
Shares

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका–३ कुन्डोलमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहीबार बिहान पौने ६ बजे कच्ची घुम्ती सडकमा ना ४ ख ८८१७ नम्बरको बस पल्टिएर दुर्घटना हुँदा काभ्रेको तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामासिंह तामाङको मृत्यु भएको हो । 

दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–५ का कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सो बस धादिङमा जन्ती पुर्‍याएर फर्कँदै थियो । कच्ची सडकमा मोड्ने क्रममा बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?