काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ । स्वर्गद्वारी घाटमा लगेर प्रकृति लम्सालको अन्त्येष्टि गरिएको हो ।
उनको शव हिजो बेलुका नै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो ।
प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो ।
प्रकृति लम्सालको अन्तिम संस्कारमा भैरहवाबासीको ठूलो संख्यामा सहभागिता थियो । केआईआईटीमा स्नातक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको कलेजको होस्टेलमा गत आइतबार शव फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया