अनलाइन बेटिङ खेलाइरहेको आशंकामा बुढानीलकण्ठमा प्रहरीको छापा, २४ जना पक्राउ 

लोकपथ
1.8k
Shares

काठमाडौं । बुढानीलकण्ठस्थित एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीले गएराति पनि छापा मारेको छ । त्यस क्रममा प्रहरीले नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

माघ २७ गते पनि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढानीलकण्ठ नगरपालिका–३ स्थित घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको थियो । छापा मारेपछि सो घरबाट ८८ वटा मोबाइल फोन बरामद गरेको थियो । यस्तै, १० वटा ल्यापटप, ८१ हजार नगद पनि बरामद भएको थियो । 

उनीहरूले ठूलो संख्यामा कारोबार गराउँदै आएको प्रहरीको भनाइ छ । त्यसबेला ‘लोटस’ नाम गरेको बेटिङ साइटमार्फत् सट्टेबाजी गराउने र विशेषगरी भारतीय नागरिकहरूलाई टार्गेट गर्ने प्रारम्भिक अनुसन्धानमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?