काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प महसुस भएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको मापन गरिएको छ।
भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो ।
भूकम्पले हल्लाएपछि मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया