भन्सार छलेर ल्याएको मोटरसाइकलसहित एक जना पक्राउ

लोकपथ
2.5k
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–२ बाट भन्सार छली ल्याईएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेका छन् ।

गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३–०२–०२० प ९८ ७९ नम्बरको KTM Duke मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?