रुप्सेको भ्रमण प्याकेज : १ लाख रुपैयाँमै मलेसिया र श्रीलङ्काको ७ दिनको भ्रमण !

लोकपथ
931
Shares

काठमाडौं । मलेसिया र श्रीलङ्काको भ्रमण गर्ने सोचिरहनु भएको छ ? धेरै रकम चाहिएला भनेर पैसा जुटाउँदै हुनुहुन्छ भने अब त्यो पर्दैन । किनभने मलेसिया र श्रीलङ्काको एक साता लामो भ्रमण केबल एक लाख रुपैयाँमै सम्पन्न हुने भएको छ ।

काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेजले ६ रात ७ दिनको मलेसिया र श्रीलंकाको कम्बो प्याकेज मात्रै ९९ हजार ९ सय ९९ रुपैयाँमा ल्याएको छ । उक्त रकममा मलेसिया तथा श्रीलंकाको दुईतर्फी हवाई उडान, तीन तारे होटेलमा ब्रेकफास्टसहितको रुम, मलेसियामा गेन्तिङ हाइल्याण्ड, रामायाना गुफा, क्वालालुम्पुरको ट्वीन टावर लगायतका सिटी टुर तथा श्रीलंकामा जेट स्की, बनाना बोट राइड, दोनट बोट राइड तथा श्रीलंकाको सिटी टुर लगायतका सेवा पाउनेछन् ।

रुप्से होलिडेजले उक्त रकममा ती देशहरूमा हुने यातायात तथा अन्य टिकटको शुल्क तथा त्यसमा समावेश हुने मूल्य अभिवृद्धि कर समेत समावेश गरेको छ ।

रुप्से होलिडेजले यो टुरमा सुरुमा काठमाडौंबाट मलेसियाको क्वालालुम्पर लैजाने छ भने त्यहाँ तीन दिन टुर गराएर क्वालालुम्पुरबाट श्रीलंकाको कोलम्बो हुँदै त्यहाँबाट काठमाडौं ल्याउनेछ ।

सामान्य अवस्थामा हाल काठमाडौंबाट मलेसियाको क्वालालुम्पुरको एकतर्फी हवाई भाडा मात्रै करिब ३० हजार रुपैयाँ रहेको छ भने क्वालालुम्पुरबाट कोलम्बोको हवाई भाडा करिब २० हजार रुपैयाँ छ । त्यसै गरी कोलम्बोबाट काठमाडौंको एकतर्फी हवाई भाडा मात्रै हालको मूल्यमा करिब ३५ हजार रुपैयाँ रहेको छ ।

यसरी तीन देशको एकतर्फी उडान गर्दा करिब ८५ हजार रुपैयाँ हवाई भाडा मात्रै रहेको अवस्थामा रुप्से होलिडेजले भने विभिन्न एयरलाइन्ससँग सहकार्य गर्दै मात्रै ९९ हजार ९९९ रुपैयाँमा हवाई भाडा, थ्री स्टार होटेलको बास आदि सबै सुविधा दिन लागेको हो ।

यस्तो छ रुप्से होलिडेजको मलेसिया तथा श्रीलंका भ्रमणको तालिका

भ्रमणको पहिलो दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालुम्पुरमा रहेको क्वालालुम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । त्यहाँका लोकल गाइडले यात्रुलाई मुख्य सहरमा रहेको केएल सिटीमा लगेर थ्री स्टार होटेलमा राखिनेछ । उक्त साँझ पर्यटकले आफूखुसी हिँडडुल गर्न र घुम्न पाउनेछन् ।

मलेसिया भ्रमणको दोस्रो दिन बिहानै होटेलमा ब्रेकफास्ट गरेर त्यहाँबाट ५२ किलोमिटर टाढा रहेको गेन्तिङ हाइल्याण्डमा लगिनेछ । गेन्तिङ हाइल्याण्ड मलेसियाको पर्यटकीय आकर्षणको केन्द्र पनि हो जहाँ पहाडी भूभागमा चिसो मौसममा केबलकार तथा अन्य पर्यटकीय आकर्षणमा रमाउन सकिन्छ । मुख्यतः क्यासिनोका लागि परिचित उक्त स्थानमा पर्यटन आकर्षणका अन्य धेरै सुविधाहरू समेत रहेका छन् ।

गेन्तिङ हाइल्याण्डमा घुमघाम गरी समय बिताएपछि साँझपख त्यहाँबाट क्वालालुम्पुर सहरतर्फ फर्किनेछ । सहर फर्कँदा बाटोमा पर्ने रामायाना गुफाको भ्रमण गर्न सकिनेछ । बाटु गुफा नजिकै रहेको रामायाना गुफा पनि मलेसिया भ्रमणको आकर्षणको केन्द्र बन्ने गरेको छ । उक्त साँझ होटेलमा आइ बास बसिनेछ ।

मलेसिया भ्रमणको तेस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरेपछि त्यहाँबाट क्वालालुम्पुरका केही सांस्कृतिक र ऐतिहासिक स्थानको सिटी टुर गराइनेछ । मध्यान्हको समयमा क्वालालुम्पुरको शानका रूपमा बुझिने पेट्रोनास ट्वीन टावरको भ्रमण गराई फोटो सेसन हुनेछ । पेट्रोनास ट्वीन टावर हाल विश्वकै सबैभन्दा अग्लो ट्वीन टावर हो ।

त्यसपछि त्यहाँको राजदरबारको भ्रमण तथा अब्दुल समाद भवनको अवलोकन र सपिङका लागि चाइना टाउन तथा सेन्ट्रल मार्केटको भ्रमणसमेत गराइनेछ । राती होटेलमा फर्किएर बास बसिनेछ ।

मलेसिया तथा श्रीलंका भ्रमणको चौथो दिन मलेसियाबाट श्रीलंका प्रस्थान हुनेछ । होटेलमा ब्रेकफास्ट खाइसकेपछि त्यहाँबाट क्वालालुम्पुर विमानस्थल लगिनेछ । त्यहाँबाट श्रीलंकाको कोलम्बोमा जहाजमार्फत गइनेछ । कोलम्बोको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि त्यहाँबाट बस वा कारमा बेन्टोटा सिटीमा लगिनेछ ।

श्रीलंकाको बेन्टोटा पर्यटकका लागि आकर्षणको केन्द्र हो । स्वच्छ पानी र सुन्दर बिचका कारण उक्त स्थान प्रख्यात छ । श्रीलंकाको दक्षिण क्षेत्रमा पर्ने गल्ला जिल्लामा अवस्थित बेन्टोटा बिच मुख्यतः रिसोर्ट र वाटर स्पोर्टसका लागि परिचित स्थान हो । उक्त दिन अपराह्न बेन्टोटा पुगेपछि होटेलमा चेक इन गरी बाँकी समय समुद्री सौन्दर्यमा रमाउन सकिनेछ ।

मलेसिया तथा श्रीलंका टुरको पाँचौँ दिन बिहान बेन्टोटामा रहेको थ्री स्टार होटेलमा ब्रेकफास्ट गरिसकेपछि श्रीलंकाको ऐतिहासिक तथा प्राचिन सहर गल्लाको सिटी टुर हुनेछ । युनेस्कोको सुचीमा रहेको गल्ला फोर्टको भ्रमण तथा त्यहाँको ऐतिहासिक र सांस्कृतिक क्षेत्रको भ्रमण हुनेछ ।

उक्त दिन मध्यान्हको समयमा बेन्टोटामा वाटर स्पोर्टसको मज्जा लिने सकिनेछ । बेन्टोटा बिचमा उक्त दिन बनाना बोट, जेट स्काई र दोनट बोट राइडको आनन्द लिन सकिनेछ । बेन्टोटाको आकर्षण रहेको यी तीनै वाटर स्पोर्टसको मज्जा तथा बिचको मज्जा लिई साँझ होटेलमा बास बसिनेछ ।

भ्रमणको छैटौँ दिन श्रीलंकाको गल्ला जिल्लामा रहेको बेन्टोटाबाट राजधानी कोलम्बोतर्फ प्रस्थान हुनेछ । बस वा कारमा गल्लाबाट कोलम्बो आइ कोलम्बोमा सिटी टुर तथा होटेलमा चेक इन हुनेछ । कोलम्बोका आकर्षणका केन्द्रहरूमा भ्रमण गराइनेछ । त्यहाँको मुख्य आकर्षणका केन्द्र रहेका गंगारामया मन्दिर, स्वतन्त्रता स्मारक भवन र पेटाहा फ्लोटिङ मार्केटको भ्रमण हुनेछ ।

कोलम्बोको स्वतन्त्रता स्मारक भवन यस्तो भवन हो जसको निर्माण सन् १९४८ मा श्रीलंका बेलायती उपनिवेशबाट मुक्त भएपछि बनाइएको थियो । त्यसबाहेक हिन्दु धर्मावलम्बीहरूका लागि गंगारामया मन्दिर आस्थाको केन्द्र हो भने पानीमाथि बनेको र रहेको पेटाहा फ्लोटिङ मार्केट कोलम्बोमा पर्यटकका लागि आकर्षणको केन्द्र हो । यी सबै स्थानको भ्रमण गराइसकेपछि उक्त साँझ त्यहाँको थ्री स्टार होटेलमा बास बसिनेछ ।

मलेसिया तथा श्रीलंका भ्रमणको सातौँ दिन श्रीलंकाको राजधानी कोलम्बोबाट काठमाडौं प्रस्थान हुनेछ । बिहान होटेलमा ब्रेकफास्ट गरी कोलम्बो सिधै वा अन्य मुलुकमा ट्रान्जिट गरी काठमाडौं आइनेछ ।

शुल्क

रुप्से होलिडेजले काठमाडौं–मलेसिया–श्रीलंका टुरको यो प्याकेज मात्रै ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको छ । यो शुल्कमा सबै देशमा हुने हवाई उडान, होटेलमा ब्रेकफास्टसहितको कोठा, स्थानीय टुरको शुल्क र यातायातको शुल्क समावेश गरिएको छ । यो शुल्कमा लञ्ज वा डिनरको सुविधा भने उपलब्ध छैन । व्यक्तिको इच्छा अनुसारको खानपान हुने भएकाले त्यसको व्यवस्था आफैँ गर्नुपर्नेछ भने उपलब्ध सेवा बाहेक थप सेवा वा सुविधा लिएमा व्यक्तिले नै खर्च गर्नुपर्नेछ ।

अहिले घुमेर पछि किस्ताबन्दीमा तिर्ने समेतको सुविधा

घुम्न मन लागेको तर तत्कालै आफूसँग पूरै रकम नभएको यात्रुका लागि रुप्से होलिडेजले किस्ताबन्दीमा घुम्ने व्यवस्था समेत मिलाएको छ । रुप्सेले विभिन्न बैंकसँगको सहकार्यमा १२ महिना, १८ महिना तथा २४ महिनाको सरल किस्ताबन्दीमा यी दुई देश घुम्ने व्यवस्था मिलाएको प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । मासिक रूपमा किस्ता तिर्ने गरी घुम्न चाहने यात्रुले सुरुमा ५ हजार रुपैयाँ मात्रै तिरेर घुमेर फर्किन सक्ने र पछि नियमितरूपमा किस्ताबन्दीमा तिर्ने सुविधा समेत हुनेछ ।

*यसअघि भिसा शुल्कसमेत समावेश भन्ने रहेकामा सच्चाइएको छ ।

*informercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?