इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा 

लोकपथ
525
Shares

एजेन्सी । इजरायली अधिकारीहरूले शनिबार इजरायल र हमास बीचको छैटौँ बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । 

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३ बन्दीहरू समावेश रहेको बताए । 

प्यालेस्टिनी स्रोतहरू र प्रत्यक्षदर्शीहरूले कैदीहरूलाई परिवारका सदस्यहरू र रेडक्रसका कार्यकर्ताहरूले रामल्लाह सांस्कृतिक दरबारको आँगनमा स्वागत गरेका थिए । 

रिहाइअघि प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले रामल्लाहको पश्चिममा रहेको बेइटुनिया शहरमा आक्रमण गरेको बताए । हमास र इस्लामिक जिहाद दुवै प्यालेस्टिनी समूहहरूले शनिबार गाजामा राखिएका तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । 

जनवरी १९ देखि लागू भएको र ६ हप्तासम्म चल्ने युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत लगभग २ हजार प्यालेस्टिनीहरूको बदलामा ३३ इजरायली बन्धकहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । अहिलेसम्म पाँच थाई नागरिकसहित १९ इजरायली बन्धकहरूलाई रिहा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?