नयाँ टाटा सफारी अब नेपालमा, कति छ शुरुवाती मूल्य ?

लोकपथ
203
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक गरेको छ ।

७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण हो । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरूलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ भन्छन्, ‘हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ । ल्याण्ड रोभरको डिड प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ । नेपाली ग्राहकहरूको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडी, लक्जरी ७ सिटर खोजिरहनु भएको ग्राहकहरूको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौँ ।’

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा सहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरू उपलब्ध रहेका छन् ।

त्यसैगरी, टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर  ४ ट्वीटर सबउफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ, र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) लगायतका सुविधाहरू यस गाडीमा उपलब्ध छन् । सुरक्षामा ग्लोबल NCAP बाट ५ स्टार रेटिंग प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ ।

यस्तै, ३६०ं को सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?