इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने

लोकपथ
126
Shares

एजेन्सी । इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रस्तुत गर्ने योजना बनाएको छ । इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानुनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ ।

मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र चलिरहेको द्वन्द्वको मूल कारणहरू समाधान गर्न खोज्नुपर्ने बताए । यसका लागि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली कब्जाको अन्त्य र दुई–राज्य समाधानको कार्यान्वयन आवश्यक रहेको बताएको छ । जुन क्षेत्रका सबै मानिसहरू बीच स्थिरता र शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने एकमात्र मार्ग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?