काठमाडौं । अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि २० जनालाई नेपाल फर्काइदिएको हो । फर्काइनेमा जसमा १९ जना पुरुष र १ महिला छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सीता परियारका अनुसार, माघ ७ गतेदेखि हिजो मंगलबारसम्म २० जना नेपालीहरु डिपोर्ट भइसकेका छन् ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएका छन् । ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि नेपालीहरुको यो संख्या सार्वजनिक भएको थियो । संगठित मानव तस्करको आडमा नेपालीसहित विभिन्न देशका नागरिकहरु अवैध बाटोबाट अमेरिका पुग्ने गरेका छन् ।
ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । तर अहिलेसम्म नेपालीहरुलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको जानकारी नभएको प्रवक्ता परियारले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया