जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

लोकपथ
49
Shares

काठमाडौं । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कमा केही छुट  दिन आग्रह गरेको छ । 

ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन। यसले क्यानाडा, मेक्सिको र युरोपेली संघ (इयु)लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।

 प्रवक्ता योशिमासा हायासीका अनुसार  यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको थियो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएको थियो ।

ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?