काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ ।
आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरूका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
हालै भएको सम्झौता पत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यूनतम १५ लाख बरावरको दुर्घटना बीमा, ४ लाख बराबरको स्वास्थ्य उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरूप नेपाल पर्वतारोहण सङ्घद्वारा सूचीबद्ध २७ चुचुराहरूको लागि विशेष बीमा योजना ल्याएको हो ।
साविकमा पदयात्रा एजेन्सीहरूले महँगो शुल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागु हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया