होटेल साराको भ्यालेन्टाइन विशेष प्याकेज : ११ हजार ५ सयमै २ रात बाससहित क्यान्डलनाइट डिनर

लोकपथ
945
Shares

काठमाडौं । पोखरास्थित होटेल साराले भ्यालेन्टाइन विशेष प्याकेज सार्वजनिक गरेको छ । मात्रै ११ हजार ५ सय रुपैयाँमा प्रेम जोडीलाई दुई रातको बाससहित क्यान्डलनाइट डिनरसम्मको व्यवस्था गरेको हो ।

भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ लाई लक्षित गर्दै होटेलले करिब ६० प्रतिशत छुटमा प्रेम जोडीलाई दुई रात तीन दिनको विशेष प्याकेजको व्यवस्था गरेको हो । यो प्याकेजमा प्रेम जोडीले भ्यालेन्टाइन डे का दिन क्यान्डल लाइट डिनरसमेत पाउनेछन् ।

पोखराको लेकसाइडमा रहेको ४ तारे सारा होटेलले आफ्नो नियमित शुल्कमा करिब ६० प्रतिशतको छुट दिएर प्रेम जोडीलाई स्वागत गर्न लागेको बताएको छ । यो शुल्कमा दुई रातको डिलक्स रुम, बुफे ब्रेकफास्ट र प्रेम दिवसका दिन क्यान्डल लाइट डिनर उपलब्ध हुने होटेलले जनाएको छ ।

पोखरास्थित होटेल साराको डिलक्स रुमको नियमित शुल्क भने प्रतिरात करिब १२ हजार रुपैयाँ रहेको होटेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?