भ्यालेन्टाइनका लागि टाटाले ल्यायो ‘एक्सचेन्ज वीथ लभ’ अफर

लोकपथ
91
Shares

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा नयाँ अफर ल्याएको छ ।

जसअनुसार माघ २८ देखि फागुन ३ गतेसम्म (१० फेब्रुअरी देखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम ल्याएको हो ।

यस विशेष अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिनेछ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा सुरु भएको कम्पनीले जनाएको छ ।

‘एक्सचेन्ज वीथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै, नयाँ गाडी खरिद गरेर मौकाको भरपुर फाइदा उठाउन समेत कम्पनीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?