नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन

लोकपथ
63
Shares

एजेन्सी । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको छ । देशका राष्ट्रपति नाङ्गोलोले म्बुम्बाले नुजोमाको आइतबार निधन भएको घोषणा गरेका हुन् । म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनको लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको थियो ।

मे १२, १९२९ मा उत्तरपश्चिमी नामिबियाको ओमुसाती क्षेत्रको एटुन्डा गाउँमा जन्मिएका नुजोमाले १९९० देखि २००५ सम्म देशको पहिलो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । सामाजिक सञ्जालमा नुजोमाको परिवारप्रति समवेदना व्यक्त गर्दै म्बुम्बाले संस्थापक राष्ट्रपतिको सम्मानमा आफ्नो सरकारले राष्ट्रिय शोक र अन्त्यष्टिको व्यवस्थाको घोषणा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?