काठमाडौं । प्रेम दिवसलाई विशेष बनाउन बुद्ध एयरले ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ । बुद्ध एयरले आफ्नो माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को निःशुल्क दिने भएको हो ।
बुद्ध एयरमार्फत बिहानै हुने माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को टिकट समेत निःशुल्क दिने गरी योजना सार्वजनिक गरिएको बुद्ध एयरले जनाएको छ । यो अफर फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे को एक दिन मात्रै लागू हुनेछ ।
बिहानै हुने माउन्टेन फ्लाइटबाट सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्कर लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अफरमा जोडीलाई झ्यालको सिट र सँगैको सिट प्रदान गरिनेछ ।

यस अफरमा जोडी यात्रुहरूलाई चकलेट, गुलाफको फूल तथा चिया स्पटको खाजाका लागि छुट भाउचर प्रदान हुनेछ । त्यसबाहेक गोला प्रथाबाट छानिएका तीन जोडी यात्रुहरूले दुई दिन एक रातका लागि दलाई–ला–बुटिक होटेलमा निःशुल्क बसाइको सुविधा पाउनेछन् । माउन्टेन फ्लाइटमा सहभागी अन्य यात्रुहरूलाई समेत छुट भौचर प्रदान हुनेछ ।
त्यस्तै उडानमा सहभागी भएका पाँच जोडी यात्रुलाई निशुल्करुपमा चन्द्रागिरि केबलकारका टिकट उपलब्ध गराइने बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरको यो अफर पाउन एयरलाइन्सको काउन्टरबाट खरिद गर्नु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया