इजरायल र हमासद्वारा गाजा युद्धविराम सम्झौताअन्तर्गत पाँचौँ कैदीबन्धक आदानप्रदान

लोकपथ
245
Shares

काठमाडौं । इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायल र हमासले शनिबार जारी गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत पाँचौं कैदीबन्धक आदानप्रदान पूरा गरेका छन् ।

हमासद्वारा पहिले राखिएका तीन इजरायली वन्धकहरूलाई शनिबार मध्य गाजाबाट इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो ।

अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका तीन इजरायली बन्धकहरूमा ५६ वर्षीय ओहाद बेन अमी, दोहोरो इजरायली–जर्मन नागरिकस ५२ वर्षीय एली शाराबीस र ३४ वर्षीय ओर लेवी छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सुरक्षा निकायहरूसँगको सहकार्यमा सरकारले रिहा गरिएका वन्धकहरू र उनीहरूका परिवारहरूलाई सहयोग गर्ने बताएको छ ।

आदानप्रदानको एक भागको रूपमा इजरायलले शनिवार सहमतिअनुसार इजरायली जेलबाट १८३ प्यालेस्टिनी कैदीहरूलाई पनि मुक्त गरेको छ ।

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले आईसीआरसीको बसहरूबाट ढुवानी गरिएका रिहा गरिएका कैदीहरू रामल्लाह आइपुगेको बताउनु भयो । मुक्त गरिएका कैदीहरूमध्ये ४२ जना वेस्ट बैंकका, तीन जना जेलसेलमका र २७ जना गाजा पट्टीका थिए । सबैले आजीवन कारावास वा लामो अवधिको कारावास भोगिरहेका थिए ।

यसका साथै हमासको २०२३ को अचानक आक्रमणपछि गाजा पट्टीमा १११ कैदीहरूलाई पक्राउ गरिएको थुनुवा मामिला आयोगले बताएको छ । जनवरी १९ देखि लागू हुनेगरी संयुक्त राज्य अमेरिकाको सहयोगमा इजिप्ट र कतारले मध्यस्थता गरेको इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो, ४२–दिने चरणमा, हमासले ३३ बन्धकहरूलाई रिहा गर्ने प्रावधान राखिएको छ भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । अघिल्ला चार बन्दी–वन्धक आदानप्रदानमा, गाजाबाट १८ जना बन्धक र इजरायली जेलबाट लगभग ६ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ ।

गत महिना टाइम्स अफ इजरायलको एक रिपोर्टअनुसार इजरायलले सबैभन्दा गम्भीर अपराधमा दोषी ठहरिएका प्यालेस्टिनीहरूलाई गाजा पट्टी वा वेस्ट बैंकमा रिहा नगर्न माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?