जनताको निर्णय हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ : पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल

लोकपथ
504
Shares

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । 

सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने–  ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ।’

केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु। र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत दश वर्षमा धेरै काम गर्‍यौँ, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्‍यौँ।’

बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक  अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् । भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?