काठमाडौं । टर्कीको राजधानी अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु भएको छ भने २० जनाको अझै उपचार भइरहेको छ ।
सञ्चार माध्यमका अनुसार अंकारा प्रान्तीय गभर्नरको कार्यालयले यसअघि मंगलवार नक्कली मदिरा सेवनको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो ।
इस्तानबुलमा, जनवरीमा नक्कली–मदिरा विषाक्तताका कारण कम्तीमा ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३८ जनाको मृत्यु भएको थियो ।
धेरैजसो मृत्यु मिथानोल विषाक्तताको कारणले हुन्छ । जुन अवैध मदिरा उत्पादकहरूको उत्पादनमा विषाक्त मिथानोल प्रयोग गर्दा हुन्छ । टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्ने प्रयासहरू तीव्र पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया