ट्रम्पको धम्कीपछि मेक्सिकोले सीमामा खटायो १० हजार सेना

लोकपथ
217
Shares

मेक्सिको सिटी । मेक्सिकोले अमेरिकासँगको आफ्नो सीमामा १० हजार सेना खटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने धम्की दिएपछि उत्तरी सीमामा त्यहाँको सरकारले राष्ट्रिय सुरक्षाकर्मी र सेना  परिचालन गरेको हो । 

यसैक्रममा बुधबार सीमामा १० हजार सेना पठाइएको छ । यिनीहरूलाई टेक्सासको सिउड्याड जुआरेज र अल पासोसँग जोडिएको सीमामा खटाइएको छ । यिनीहरूले अमेरिका छिर्न सीमामा प्रयोग भइरहेका भर्‍याङ, डोरीहरू खोजी खोजी थेतेर ट्रकमा हालिरहेका छन् ।

तिजुआना नजिक सीमाका केही हिस्सामा पनि सेनाको गस्ती देखिएको थियो । सीमाबाट अवैध आप्रवासी प्रवेशलाई लिएर ट्रम्पले मेक्सिकोबाट आउने सामानमा कहिले अतिरिक्त महसुल लगाउने त कहिले एक महिनाको लागि महसुल स्थगन गर्ने जस्ता नाटकीय घटनाक्रमबीच मेक्सिकोले यो कदम चालेको हो । 

ट्रम्पले एक महीनाका लागि अतिरिक्त महसुल स्थगित गरेको बदलामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले सीमामा अमेरिकातर्फ अवैध आप्रवासी र फेन्टालिनको तस्करी रोक्न सीमामा सेना  परिचालन गर्ने वाचा गरेकी थिइन् । ट्रम्पले सीमामा आपतकाल लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?