कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे कमलपोखरी स्थित सानदार म:म पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका हुन् ।

तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य रहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरू सोही पसलमा काम गर्नेहरु रहेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?