९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

लोकपथ
469
Shares

काठमाडौं । ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार गरिएको छ । मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका तेरहथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको संघको भनाइ छ । उनीहरूलाई संघको सहयोगमा शुक्रबार दिउँसो काठमाडौं ल्याउन लागिएको छ ।

उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायतले  महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?