दिल्ली विधानसभाको चुनाव सुरु

लोकपथ
49
Shares

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनाव सुरु भएको छ । दिल्ली विधानसभा चुनावमा ७० विधानसभा सिटमा चुनाव हुँदैछ। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ । यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीको चुनावमा ६९९ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ /२०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो । २०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?