जनकपुरमा फागुन १६ देखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

लोकपथ
56
Shares

काठमाडौं । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यही फागुन १६ गतेदेखि हुने भएको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलनमा गरी आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो । 

महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलाकार हुने बताइन्  । उनले कला  महिलाको जननी मिथिला सभ्यता भएको बताइन् । महोत्सवले नेपालको पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिएको पनि थापाले बताइन्  । 

महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्त्व बुझाउनु रहेको उनको भनाइ छ  । साथै नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?